Breaking News Tuesday, 27 Dec, 2016
Prestige Media

प्रधानमन्त्रीले बोलाए त्रिपक्षीय बैठक

काठमाडौं–दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिपक्षीय बैठक बोलाएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनमा आबद्ध दललाई आमन्त्रण गरिएको छ। दलहरुबीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाएका हुन्।

बैठकमा मुख्त तीन वटा एजेण्डामा छलफल हुने बताइएको छ। स्रोतका अनुसार बैठकमा स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन, निर्वाचनको मिति तथा संविधान संशोधन प्रस्ताव परिमार्जनका विषयमा छलफल केन्द्रित हुनेछ।

स्थानीय तह पुनः संरचना आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग गर्दै सोमबार सरकारलाई पत्र लेखेको थियो। जसअनुसार प्रधानमन्त्रीले मंगलबार विहान साँढे दश बजे आयोगका पदाधिकारीलाई बोलाएका थिए। तर प्रधानमन्त्रीको कार्यव्यस्ता भन्दै आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले भेट गरेनन्। दलहरुबीच स्थानीय  चुनावको विषयमा  सहमति जुट्न नसक्दा सरकारले आयोगको प्रतिवेदन बुझ्न मानेको छैन। संविधान अनुसार आयोगको प्रतिवेदन बुझेपनि स्थानीय निकाय स्वतः भंग हुन्छ ।

सत्तासाझेदार नेपाली कांग्रेस पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्नुपर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्ष एमालेले पहिला संसदको चुनाव गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

यसैगरी बैठकमा निर्वाचनको मिति घोषणा गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। तर सरकारलाई बाहिरै बसेको समर्थन गरेको मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव परिमार्जन गरी अगाडि नबढाएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ। ‘अहिले संसदमा दर्ता भएको संशोधन प्रस्ताव परिमार्जनसहित अगाडि बढाउनुपर्ने हाम्रो मागमा कुनै परिवर्तन भएको छैन,’ गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘मधेसी मोर्चासहित संघीय गठबन्धनको माग पूरा नभएसम्म मुलुक निर्वाचनमा प्रवेश गर्न सक्दैन।’ साभार नागरिक न्युज बाट ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL