Breaking News Monday, 26 Dec, 2016
Prestige Media

कमल थापाको नयाँ प्रस्ताव : कार्यदल बनाएर विवादित मुद्दा टुँगो लगाउने

काठमाडौं, ११ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले जारी राजनीतिक गत्यावरोध फुकाउनको लागि नयाँ प्रस्ताव अघि सारेका छन् ।

सोमबार सभामुख ओनसरी घर्तीमगरले डाकेको ७ दलको बैठकमा अध्यक्ष थापाले जारी राजनीतिक गत्यावरोध फुकाउनको लागि एउटा शक्तिशाली कार्यदल बनाउने नयाँ प्रस्ताव अघि सारेका हुन् ।

थापाले अहिले देखिएका जतिपनि विवादित मुद्दालाई टुँगो लगाउन कार्यदल बनाउने र तीन मुद्दालाई एक महिनाभित्र टुँग्याउने सहमति गर्नेगरि दलहरु अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएको स्रोतको दाबी छ ।

उनले यसमा सहमत हुने हो भने एमालेले पनि सदन चलाउन दिनुपर्ने प्रस्ताव छ । तर सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उनको यो प्रस्तावमा सहमति जनाएका छैनन् ।

थापाको नयाँ प्रस्ताव आएसँगै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा अहिले छलफलमा जुटेका छन् । उनीहरु यस विषयमा धारणा बनाउनको लागि अनौपचारिक छलफलमा जुटेका छन् । बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिपनि सहभागी छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL