Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

संसद् बैठक सरेको सर्‍यै

१० पुस, काठमाडौं । संसद् गतिरोध कायमै रहेका वेला प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद ठप्प छ । दलहरूबीच संवाद गराएर सहमति खोज्न सभामुख ओनसरी घर्तीले पहल गर्दै आएकी छिन् । उनले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक सोमबार बोलाएकी छिन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच ४ पुसयता संवाद भएको छैन ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाहिरका कार्यक्रम र कांग्रेस तथा एमालेका शीर्ष नेताहरू पनि आफ्नै कार्यक्रममा व्यस्त रहेका कारण छलफल भएको छैन । यसअघि ४ पुसमा सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक राखेर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी थिइन् ।

शीर्ष नेताहरूले पनि सहमति गरेर संसद् खोल्ने आश्वासन दिएका थिए । तर, यसबीचमा दलहरूले छलफल नगरेपछि घर्तीले संसद्मा प्रतिनिधित्व गर्ने सात दलको बैठक आह्वान गरेकी हुन् । सभामुख घर्तीले ११ पुसको दिउँसो ३ बजेका लागि संसद् भवन बानेश्वरमा बैठक बोलाएकी छिन् । उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताहरू, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक आह्वान गरेकी हुन् ।

४ पुसमा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाई सभामुखले तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी थिइन् । तर, यस अवधिमा प्रमुख दलहरूले सहमतिका लागि पहल नगरेको देखेपछि सभामुख आफैँले पहलकदमी लिँदै पुनः बैठक आह्वान गरेकी हुन् । सभामुख घर्ती सकभर सत्तापक्ष र विपक्षी पार्टीबीचको सहमतिमै संसद्को बैठक सुचारु गर्ने मनस्थितिमा छिन् ।

संविधान संशोधनको विषयमा प्रमुख दलहरूबीच सहमति नभएपछि १६ मंसिरयता संसद् बैठक प्रभावित हुँदै आएको छ ।

पछिल्लोपटक १० पुसका लागि तोकिएको बैठक पनि सारिएको छ । संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले शनिबार १२ पुससम्म संसद् बैठक स्थगित गरिएको सूचना जारी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL