Breaking News Monday, 19 Dec, 2016
Prestige Media

बन्दले मजदुरवर्ग बढी मारमा

कोहलपुर (बाँके), ४ पुस । लगातारको बन्दले मजदुरी गरेर खाने निम्न वर्ग मारमा परेका छन् । दिनभरि काम गरेर बिहान बेलुकीको छाँक टार्ने वर्ग बन्दका कारण अझ बढी मारमा परेका हुन् ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्धमा पुस १ गतेबाट ३ गतेसम्म बाँकेसहित प्रदेश नम्बर ५ का जिल्लामा गरेको लामो बन्दले आफूहरुलाई छाँक टार्न धौँधौँ परेको कोहलपुर–३ लोक नगरका रिक्सा चालक रामबहादुर थारुले गुनासो गर्नुभयो ।

“बन्दमा सवारी पाउन गाह्रो हुन्छ, पाइहाले पनि बन्दकर्ताले रिक्साको हावा फुस्काइदिन्छन्” थारुले भन्नुभयो, “जसले जुन कुराको माग गरेर बन्द गरे पनि मारमा पर्ने हामी नै हो ।” “थारु मात्रै होइन, बन्दको सकसबाट कोहलपुर बसपार्कमा मम्फली बेचेर आफ्ना चार छोराछोरी पाल्दै आउनुभएकी कोहलपुर–३ कै लालकली विक पनि अछुतो हुनुहुन्न ।

“मम्फली नबेचाैँ छाँक कसरी टार्ने ? बेचौँ किन्ने मान्छे छैनन् ।” विकले भन्नुभयो, “बन्दले गर्दा पाँच किलो मम्फली पनि बिक्री गर्न सकेको छैन ।” लगातारको बन्दले घोडालाई खाने दाना पनि किन्न नसकेको नेपालगन्ज उपमहानगरपालिका–१६ बेलासपुरका टाँगा चालक बन्नु चिडिमारको भनाइ छ । “बन्दले ठूलाठूला पदमा बसेकालाइ केही असर गर्दैन, असर हामी जस्ता गरिबलाई गर्छ ।” उहाँ भन्नुहुन्छ, “बेलुका छोराछोरीलाइ के खुवाउने पिरलोले सताइरहेको छ ।”

आफ्ना माग पूरा गर्ने नाममा हामी जनतालाई दुःख दिने काम हुन्छ, बर्दिया सानोश्री घर भई नेपालगन्जमा ज्यालादारी काम गर्ने दिनेशकुमार चौधरीले भन्नुभयो, लोकतन्त्र आएपछि केही सहज होला भन्यो झन विभिन्न थरीको बन्दले हामीलाई नै बाच्न गाह्रो बनाएको छ । लगातारको बन्दले भारतबाट मजदुरी गरेर घर फर्कने नेपालीलाई पनि असर गरिरहेको छ ।

भारतको अलमोडाबाट मजदुरी गरेर आफ्नो बाबुको किरिया गर्न दैलेख जान लाग्नुभएका झुसे नेपालीले भएको रकम पनि नेपालगन्ज होटलमै बसेर सकिन लागेको बताउनुभयो । यसरी लगातारको बन्दका कारण गरी खाने वर्ग मारमा परेका छन् । बन्द गर्दौनाैँ भनेर आफ्ना पार्टीका घोषणापत्रमा प्रतिबद्ध जाहेर गर्ने दलले नै निरन्तर बन्द गर्दा राजनीतिक दलप्रति सर्वसाधारण जनता रुष्ट देखिन्छन् ।

लगातारको बन्दका कारण बाँकेमा लामो तथा छोटो दूरीका सवारीसाधन मात्रै नभई मुख्यमुख्य चोकमा मोटरसाइकल, रिक्सा समेत चल्न नदिँदा सर्वसाधारणले अझ बढी सास्ती झेलिरहेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL