Breaking News
Saturday, 17 Dec, 2016
चन्द्रागिरि केबलकार शुभारम्भको अवसरमा पचास प्रतिशत छुट
काठमाडौं, २ पुष । चन्द्रागिरि केबलकारको व्यवसायिक शुभारम्भको अवसरमा केबलकारमा पचास प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरि हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागु हुनेछ।
कम्पनीका अनुसार केबलकारमा छुट शुक्रबार, शनिबार र आर्इतबार भने पाइने छैन । चन्द्रागिरि भित्र रहेको खाद्य तथा पेय पदार्थमा भने यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।
साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले विहिवार गरेका हुन् । यो केबलकारमा मंसिर मसान्तसम्म २ लाख २५ हजारले यात्रा गरिसकेको कम्पनीको दाबी छ।







