Breaking News Tuesday, 8 Nov, 2016
Prestige Media

सोलिडारिटी कप: नेपाल आज ब्रुनाइसँग भिड्दै

नेपालसामु सेमिफाइनल पुग्ने चुनौती

कार्तिक २३, २०७३- नेपालले टिमोर लेस्टेविरुद्धको खेलमा अपेक्षित जित निकालेको भए, एएफसी सोलिडारिटी कपमा मंगलबार ब्रुनाईको सामना गर्दा तनावमा रहने थिएन । नेपालले प्रतियोगिताको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा टिमोर लेस्टेको सामना गरेको थियो र त्यसमा निराशाजनक गोलरहित बराबरी खेलेको थियो । यस्तोमा मलेसियाको कुचिङमा हुने खेलमा नेपालसामु सेमिफाइनल पुग्ने अथवा नपुग्ने सबै सम्भावना खुला रहेको छ ।

तर टिमको अन्तिम चारको सम्भावना बलियो छ । समूहको पहिलो लिग खेलमा ब्रुनाईले टिमोर लेस्टेलाई ४–० ले हराएको हुनाले नेपाल बलियो स्थितिमा रहेको हो । नेपालले ब्रुनाईविरुद्धको खेलमा चार गोल अन्तरको हारभन्दा कम नतिजा बेहोर्ने हो भने पनि त्यो टिमका लागि सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । तर यो स्थिति नेपालका लागि इज्जतको यात्रा भने हुने छैन । नेपालसामु ब्रुनाईलाई चार गोलभन्दा बढी अन्तरले हराउने हो भने समूहविजेताको अवसर पनि कायम रहेको छ ।

नेपालले ब्रुनाईको सामना गर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि नेपालले सन् २००६ को एएफसी च्यालेन्ज कपमा ब्रुनाईको सामना गरेको थियो । बंगलादेशको चटगाउँमा भएको त्यस खेलमा ब्रुनाईले नेपाललाई २–१ ले पराजित गरेको थियो । यस्तोमा इतिहास नेपालको पक्षमा छैन । तर नेपालसामु त्यो पुरानो हारको बदला लिने अवसर मात्र रहेको छैन, कुनै पनि अन्तरको जितसँगै सानले प्रतियोगितामा आफ्नो चुनौती कायम राख्ने अवसर पनि छ ।

नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजी ब्रुनाईलाई लिएर सतर्क देखिएका छन् । कुचिङ ब्रुनाई नजिकको सहर हो । प्रशिक्षक कोजीले भनेका छन्, ‘ब्रुनाईका लागि यो घरकै खेल जस्तो हो । उसलाई खेल हुने मैदानमा खेलेको अनुभव पनि छ । टिमोर लेस्टेलाई पहिलो खेलमा हराएको हुनाले टिम उत्साहित पनि देखिएको छ । मलाई विश्वास छ, नेपाल ब्रुनाईविरुद्ध राम्रो खेल पस्किन सक्षम छ ।’ टिमोर लेस्टेविरुद्धको खेलमा अञ्जन विष्ट घाइते भएका थिए ।

त्यसैले उनले दोस्रो खेल खेल्ने, नखेल्ने निश्चित छैन । उनको स्थानमा रजिन धिमालले मौका पाउन सक्नेछन् । ब्रुनाईका दक्षिण कोरियाली प्रशिक्षक क्वान ओ सन भने नेपालविरुद्धको खेलमा ठूलो जोखिम उठाउने पक्षमा छैनन् । आफ्नो टिम यसअघि नै सेमिफाइनल पुगिसकेको स्थितिमा प्रशिक्षक ढुक्क भएर खेलाउने स्थितिमा रहेका हुन् । उनको प्रतिक्रिया रहेको छ, ‘सेमिफाइनल अगाडि हामी कोही पनि खेलाडी घाइते भएको हेर्न चाहन्नौं ।’

नेपालविरुद्ध ब्रुनाई
१७:१५ नेपाली समय

आजको कान्तिपुर मा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL