Breaking News Sunday, 25 Sep, 2016
Prestige Media

फोर्स ल्याडिङ्गका क्रममा माउन्टेनको हेलिकप्टर दुर्घटना

आश्विन ९, २०७३- बिरामी लिन सोलुखुम्बुको जुबिङ्ग पुगेको माउन्टेन हेलिकप्टर्स प्रालिको इक्यूरीयल हेलिकप्टर फोर्स ल्याडिङ्गका क्रममा दुर्घटना भएको छ ।

नागरिक उड्डयन कार्यालय लुक्लाका अनुसार, लुक्ला बजारदेखि करिब ८ किलोमिटर उत्तर फाप्लुनजिकै खुट्टा भााचिएको बिरामी उपचारका लागि उद्धार गर्न गएको हेलिकप्टरले टेकअफ गरिसकेपछि दुर्घटनामा परेको हो । ‘टेकअफ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटीफिकेशनको संकेत आएपछि क्याप्टेन सुरज थापाले फोर्स ल्याण्डिङ्ग गर्नलाग्दा हेलिकप्टर दुर्घटनमा पर्‍यो,’ लुक्ला विमानस्थल स्रोतले भन्यो । स्रोतका अनुसार हेलिकप्टरमा बिरामीसहित अन्य चारजना पनि बसेका थिए ।

धानबारीमा फोर्स ल्याडिङ्ग गरेको हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको छ । कम्पनीले इन्जिनियर पठाउने तयारी भइरहेको जनाएको छ ।

दुर्घटनापछि लुक्लामा रहेको श्री एयरलाइन्सको हेलिकप्टरले चालक थापासहित बिरामीलाई लुक्ला विमानस्थलसम्म ल्याइएको छ । उक्त हेलिकप्टर बिहान पौने आठ बजे लुक्लाबाट उडेको थियो । नाइनएन–एएलक्यू कल साइन भएको हेलिकप्टर नेपालमा भएकामध्ये आधुनिक हो ।

सात जनासम्म यात्रु क्षमता भएको यसको इन्जिन शक्तिशाली छ । ग्लास ककपिट भएको यो हेलिकप्टर पर्वतीय उडानका लागि उत्कृष्ट मानिन्छ ।आजको कान्तिपुरबाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL