Breaking News Friday, 9 Sep, 2016
Prestige Media

चितुवाले घरमै बच्चा जन्मायो (फोटो फिचर)

सिरुटारवासी त्रसित

भाद्र २४, २०७३- अनन्तलिंगेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिंगेश्वर मन्दिर नजिकै रहेको ललितजंग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटारका स्थानीयबासी त्रसित बनेका छन् ।

भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएपछि स्थानीय त्रसित बनेका हुन् ।

बच्चा पाएपछि चितुवा समयसमयमा घरबाट ओहोरदोहोर गर्न थालेपछि वरपर हिँड्न नसकिएको घरधनी थापाले बताए । उनले भने, ‘बच्चा घरमै छ । कुन बेला माउ आउँछ पत्तै हुँदैन । त्यसैले वरपर हिँड्न पनि डराइमर्नु भएको छ ।’

उनले खेतबारीमा काम गर्न र बच्चालाई स्कुल पठाउन समेत समस्या भएको बताए । थापाका अनुसार बेलुकीपख चितुवा बाटैमा देखिन्छ ।

स्थानीयवासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । तर सम्बन्धित निकायले यसबारे कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । थापाले भने, ‘हामीलाई दैनिक काम गर्न पनि गाह्रो भइसकेको छ । सम्बन्धित ठाउँमा जानकारी त गरायौं तर खासै सहयोग भएन ।’

थापाका अनुसार तीनवटा बच्चामध्ये एउटा बच्चा चितुवाले लगिसकेको छ । अरु दुइवटा बच्चा पनि चितुवाले नै लैजाने चिडियाखानाका कर्मचारीले बताउँदै आएका छन् ।


आजको कान्तिपुरबाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL