Breaking News Tuesday, 6 Sep, 2016
Prestige Media

चन्द्रमामा पाइला टेक्ने वैज्ञानिकले गरे लुम्बिनीको अबलोकन

भैरहवा: चन्द्रमामा पहिलो पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका चारजना वैज्ञानिकहरुले सोमवार संयुक्त रुपमा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्।

चन्द्रमामा मानवको पहिलो पाइला टेक्ने जीवित अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनको नेतृत्वको ६ जनाको टोलीले लुम्विनीको स्थलगत अवलोकन गरेको कोषका प्रशासन एवं लेखा प्रमुख भिम वस्नेतले जानकारी दिए।

काठमाडाैंबाट बिहान बुद्ध एयर ८५१ नम्बरको उडानबाट गौतमबुद्ध विमानस्थल भैरहवा आएका वैज्ञानिकहरु सुटुक्क लुम्बिनी पुगेका छन्। मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा लुम्विनी अवलोकन गरे।

कोषका पूर्व वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले निजी भ्रमणमा आएका वैज्ञानिकहरुलाई बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रमबारे जानकारी दिएका छन्। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी तथा लुम्विनी विकास कोषका पदाधिकारी कसैलाई पनि चन्द्रामा पुगेका व्यक्तिहरु भैरहवा लुम्विनी आएको पतै पाएनन्।

अल्ड्रिनको टोलीले सोमवार नेपाल लुम्विनी भ्रमणपछि मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम छ। अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँच दिन नेपालमा रहनेछ। अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्रियामा आफ्ना अनुभव राख्नेछन्। सन् १९९६ मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो।आजको अन्नपूर्ण पोस्ट दैनिक बाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL