Breaking News Tuesday, 6 Sep, 2016
Prestige Media

होस्टेल सञ्चालकको क्रूर हत्या

विराटनगर- विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ।

ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ। जगदिश यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए। घरपट्टी श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो। घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा पुगेका थिए। हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका छन्।

‘इराकमा आंतककारीहरुले जसरी घाँटी छिनाएर मानिसको हत्या गर्छन, ठीक त्यही प्रकृतिले यादवको हत्या गरिएको छ,’ हत्या अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘यस्तो क्रूर हत्या मैले देखेको थिइँन्।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले अहिले त्यो घरलाई सिल गरेर हत्याको अनुसन्धान गरिरहेको छ। घरबाहिर ठूलो संख्यामा सर्वसधारणको भीड छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राति यादवको कोठमा ऊसँगै अरुपनि व्यक्ति रहेको देखिन्छ। ‘बियरका केही बोतलहरु भेटिएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन।’ छिमेकी श्यामबहादुर सिंहका अनुसार बिहान ५ बजे टाटा सुमो गाडी घरभित्र देखिएको बताए। ‘घरभित्रै गाडि देखिएपछि मैले घरपट्टि आएको होला भन्नठाने,’ सिंहले भने, ‘एकैछिनमा त्यो गाडि फेरि त्यहाँबाट गायब भयो।’

शरीरबाट टाउको र दुबै खुट्टा अलग पारेर काटेर हत्या गरिएका विजयको मृत शरीर त्यही गाडीमा राखेर गायब पार्ने योजनाअनुसार गाडी मगाइएको प्रहरीको अनुमान छ। स्रोतका अनुसार बोरामा बाँधिएको अवस्थामा लाश देखेपछि गाडीका चालकले नै हत्याबारे प्रहरीलाई खबर गरेको थियो।

मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भन्डारीले विजयको हत्याको अनुसन्धान तीव्र पारिएको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ,’ एसपी भन्डारीले भने, ‘बिस्तृत विवरण आउन बाँकी छ।’आजको नागरिक दैनिक बाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL