Breaking News Thursday, 30 Jun, 2016
Prestige Media

घर का झन्झटिला काम हरु यसरी सहज् बनाउनुहोस्

images– पानी भकभक उमाल्दा भाँडोबाट पोखिने गरेको छ भने भाँडोमा काठको चम्चा अथवा पनिउँ डुबाइ दिनुभयो भने पानी पोखिँदैन र पाँच–सात मिनेटसम्म पानी उमाल्न सकिन्छ ।

– प्याज काट्दा आँखा पोल्ने अथवा आँसु आएर हैरान हुनुभएको छ भने चुइँगम चपाउँदै प्याज काट्नुहोस् । यसो गर्दा आँखा पोल्ने वा आँसु आउँदैनन ।

– ह्विस्की अथवा जुसमा मिसाउने बरफ शुद्ध होस् भन्ने चाहनुहुन्छ भने उमालेको पानी फ्रिजमा राख्ने गर्नुपर्छ ।

– बाथरुमको ऐना कसै गरी पनि सफा भएन भने सिसामा स्प्रिट छरेर पुछ्दा ऐना चम्किलो र सफा हुन्छ ।

– बन्दाकोपीको गन्ध राम्रो लाग्दैन तर स्वास्थ्यका लागि खानुपर्छ भन्ने लाग्छ भने बन्दाकोपी पकाउँदा कराइमा पाउरोटीको सानो टुक्रा मिसाएमा बन्दाकोपीको गन्ध हराउँछ ।

– कागतीभित्रको रस जम्मै निकाल्नु छ भने तातो पानीमा कागतीलाई केही बेर डुबाएर काट्ने र चिनोर्ने ।

– घरमा कमिला लागेर हैरान हुनुभएको छ भने कमिला लाग्ने ठाउँमा काक्राको टुक्रा राख्नुहोस् । कमिलाजति सबै भाग्छन् ।

– सर्ट अथवा प्यान्टमा मसीको दाग लागेको छ भने दाग लागेको ठाउँमा टुथपेस्ट लगाउने, त्यसलाई राम्रोसँग सुक्न दिने र पछि धुनुपर्छ । मसीको दाग हराउँछ ।

– सेतो कपडालाई चम्किलो बनाउनु छ भने पानीमा कागतीको रस मिसाएर त्यो पानीले कपडा धुने र पखाल्ने गर्नुपर्छ ।

– कपडामा चुइँगम लागेको छ र पूरै हटेको छैन भने एक घण्टाजति सर्टलाई फ्रिजमा राख्नुपर्छ ।

– घरमा मुसाले दिक्क बनाएको छ भने मुसा आउने बाटो पहिचान गरी त्यहाँ केही मरिच दाना राखिदिनुपर्छ । मरिच भएको ठाउँमा मुसा आउँदैन । –स्वास्थ्य खबरपत्रिका

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL