प्रमुख समाचार Saturday, 2 Apr, 2016
Prestige Media

राजनीतिलाई व्यवसाय बनाएकाले मुलुकमा भ्रष्टाचार बढेको हो: भट्टराई

timthumbपूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले राजनीतिलाई व्यवसाय बनाउन नहुनेमा जोड दिएका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनले जिल्लाको नारायणगढमा शनिवार आयोजना गरेको कार्यक्रममा भट्टराईले राजनीतिलाई व्यवसाय नबनाई व्यवसाय गरेर राजनीति गर्नुपर्ने सुझाव दिए। राजनीतिलाई व्यवसाय बनाएका कारण नै भ्रष्टाचार बढेको उनको जिकिर थियो।
‘कार्यकर्तालाई विभिन्न ढङ्गले उत्पादन र व्यवसायमा जोड्नुपर्छ, पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले भने, राजनीतिलाई नितान्त स्वयमसेवी सेवा बनाउनुपर्छ।’
उनले आफूले यसलाई कार्यनीति नै बनाएर अभियान अघि बढाइएको जानकारी दिए। कुनै राजनीतिक नेता दोषी ठहर भए पार्टीले निष्कासित हुने व्यवस्था गर्नसके प्रभावकारी हुने तर्क उनको थियो।
उद्योग वाणिज्य सङ्घ चितवनले भट्टराईसँग उद्योग व्यवसायको प्रवद्र्धन एवम् मुलुकको आर्थिक समृद्धिका विषयमा छलफल गरेको थियो। छलफलमा जिल्लाका व्यवसायीको सहभागिता थियो।
तराईको समस्याका विषयमा तपाईको ढुलमुले व्यवहारजस्तो देखिएको छ नि भन्ने व्यवसायीको प्रश्नमा उनले विविधतालाई सम्बोधन गर्ने गरी आधुनिक युगको मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।
उनले वैदेशिक सम्बन्धका विषयमा उल्लेख गर्दै भारत, चीनले सामरिक स्वार्थ राख्ने गरेको प्रष्ट्याए।अान्तरिक झगडा हुँदा छिमेकी देशले फाइदा खोज्ने भएकाले आफ्नो समस्या आफैँले हल गर्नुपर्ने उनको तर्क थियो। दुईवटै छिमेकीसँग सन्तुलित सम्बन्ध नेपालले राख्नुपर्ने उनको भनाइ थियो। रासस

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL