प्रमुख समाचार
Thursday, 17 Mar, 2016
सर्वोच्चले राजनीतिक मामिलामा हस्तक्षेप गर्योः बैद्य माओवादी
४ चैत, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले द्वन्द्वकालीन मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको छ । ओखलढुंगा जिल्ल अदालतले जारी गरेको वारेन्ट लगायतका कारबाही बदर गर्न माग गर्दै पूर्व सभासद केशव राईले दायर गरेको रिट सर्वोच्चले मंगलबार खारेज गरेको थियो । यससँगै राईलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
माओवादी अध्यक्ष बैद्यले बिहीबार विज्ञप्ति जारी गरेर सर्वोच्चको आदेशले विगतमा दलहरुबीच भएको सहमति र सम्झौता उल्लंघन भएको बताएका छन् ।
उनले भने, ‘राज्यको एउटा अंगका रुपमा रहेको न्यायालयबाट राज्यद्वारा गरिएका सम्झौताहरु उल्लंघन गरेर राजीतिक मामिलामा हस्तक्षेप गर्ने काम भएको छ ।’
.







