विश्व Wednesday, 9 May, 2018
Prestige Media

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

वासिङ्टन, वैशाख २६ गते । अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ ।

अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो ।

हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषणा गरेको समाचारमा जनाइएको छ ।

अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरु फ्रान्स, इरान, जर्मीनी र बेलायतबीच सन् २०१५ मा शान्तिको पक्षमा भन्दै सो सम्झौता भएको थियो । यस सम्झौताबमोजिम इरानले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो ।

इरानले परमाणु कार्यक्रम रोक्ने र अरु शक्ति राष्ट्रहरुले उमाथि लगाइएका परमाणुसम्बन्धी प्रतिवन्ध फुकुवा गर्ने सहमति सो सम्झौतामा भएको थियो ।

अमेरिकाको यो निर्णयको इजरायलले भने समर्थन गरेको छ । तर पनि सन् २०१५ मा यस सम्झौतामा सहभागी भएका देशहरु फ्रान्स, जर्मनी र बेलायतले भने अमेरिकाको यस निर्णयप्रति विरोध जनाएका छन् ।

यस सम्झौता तोडेकोमा इरानले पनि कडा शब्दमा निन्दा गरेको छ । यो सम्झौता एकतर्फी तोडेसँगै इरानमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगाउने घोषणा पनि गरिएको छ ।

इरानले एकतर्फी रुपमा यस सम्झौता तोडेकोमा तथा उसमाथि आर्थिक नाकाबन्दी लगाउने भनी आएको समाचारकाको विषयप्रति पनि इरानले आपत्ति जनाएको हो ।

इरानका राष्ट्रपति हसन रुहानीले उक्त सम्झौताबाट अलग हुने अमेरिकी निर्णयको कडा शब्दमा निन्दा गर्नुभएको छ । अमेरिकाले गरेको यस निर्णयको विरोधमा इरानले अब आगामी दिनहरुमा युरेनियम प्रवर्धनको काम थाल्ने चेतावनी दिएको छ ।

यसमार्फत उर्जा आपूर्ति गर्ने र यससम्बन्धी नै हतियारहरु निर्माण गरिने चेतावनी इरानले दिएको हो । राष्ट्रपति रुहानीले आणविक ऊर्जा संगठनलाई युरोनियमको उत्पादन तथा सम्बर्धनको काम सुरुगर्न निर्देशन दिइएको पनि सार्वजनिक गर्नुभएको छ ।

उहाँले यसअघि नै सम्झौताबाट अलग नहुन अमेरिकालाई चेतावनी दिँदै यदि यसबाट अमेरिका अलग भएमा अमेरिका पछि पछुताउनुपर्ने चेतावनी दिनुभएको थियो ।

उहाँले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मङ्गलबार साँझसम्ममा निर्णय गर्ने जानकारी सोमबारै ट्वीटरमार्फत दिनुुभएको थियो ।

यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागेका थिए । त्यसको परिणाम सकारात्मक नरहेपछि उनीहरु सफल हुन नसकेको देखिएको छ ।

अब यसबाट विश्व राजनीतिमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा विश्वव्यापी रुपमा चर्चा पनि सुरु भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले जनाएका छन् । (रासस/एएफपी)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL