विश्व Tuesday, 17 Apr, 2018
Prestige Media

सिरिया: अनुगमनकर्तालाई डुमाको ‘भ्रमण गर्न अनुमति’

17 एप्रिल 2018,सिरियामा रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधवार अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको भनिएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन्।

रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो।

हमला गरिएका स्थलमा पाइन सक्ने प्रमाणहरू नष्ट गरिरहेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गर्दै रुसले कुनै पनि रासायनिक अस्त्र हमला नभएको जनाएको छ।

शनिवार सिरिया पुगेका अन्तराष्ट्रिय अनुगमनकर्ताहरूले रासायनिक अस्त्र प्रयोग भएको भनिएको स्थानका नमुना संकलन गर्न प्रयास गरिरहेका छन्।

सन् १९४६ मा आजकै दिन अर्थात् एप्रिल १७ मा सिरिया फ्रान्सबाट स्वतन्त्र भएको थियो।

त्यो दिन त्यहाँ खटिएका अन्तिम फ्रान्सेली सैनिकले सिरिया छाडेका थिए।

स्वतन्त्रता मनाउने दिनको केहीअघि मात्रै यो वर्ष ब्रिटिश, फ्रान्सेली र अमेरिकी हवाई हमालाहरूले सन्दिग्ध रासायनिक अस्त्र भएका स्थानहरूलाई निशाना बनाएको थियो।

पश्चिमा अधिकारीहरूले सिरियाली राष्ट्रपति बशर अल असदलाई आफूहरूले स्पष्ट सन्देश दिन चाहेको बताएका थिए।

तर असदले अहिले आफू पहिलेभन्दा बलियो भएको स्पष्ट जवाफ दिइरहेका छन्।

हवाई आक्रमणपछि उनका समर्थकहरू दमास्कसको मध्य भागमा भेला भएका छन् र एउटा झण्डामुनी गोलबद्ध भएर पश्चिमा कारबाही विफल भएको भन्दै निन्दा गरिरहेका छन्।

तर डुमामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने विवरण आएको एक हप्ता भन्दा बढी समय बित्दा पनि अझै प्रश्नहरू अनुत्तरित छन्।

रासायनिक अस्त्र प्रयोगसम्बन्धी अन्तराष्ट्रिय निगरानी समूह ओपीसीडब्लुका निरीक्षकहरूले उक्त क्षेत्रसम्म पहुँच पर्खिरहेका छन्।बि.बि.सी 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL