विश्व
Monday, 16 Apr, 2018
वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह
साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उनलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ।
आत्महत्यापूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उहाँले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केतस्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताएका छन्।
“वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ,” आत्महत्यापूर्व लेखिएको इमेलमा उनले भनेका छन्।
“धेरैजसो मानवजातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनुभएको छ। नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ। मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ।”
बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि सङ्घर्ष गर्दै आएका थिए। साथै समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’का वैवाहिक योजनाका निर्देशक पनि थिए।
“ड्याभिडको मृत्युको खबर ह्रदय विदारक भएको छ। यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ,” लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
टेलरले भने, “ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता हुनुहुन्थ्यो। उहाँले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो। ”
“लाम्डा लेगलमा निस्क्रिय बनेपछि बकेलले वातावरणीय प्रदुषणका बारेमा काम गर्दै आउनुभएको थियो।” ड्याभिडको मृत्युले वातावरण प्रदुषण रोक्न आगामी दिनमा गर्नुपर्ने कामकोलागि विश्वलाई झकझकाउनेछ।







