Exclusive News Monday, 29 Jan, 2018
Prestige Media

सन्दीपको छलाङ

काठमाडौं : क्रिकेटभन्दा बढी पैसा। पैसाभन्दा बढी ग्ल्यामर। अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन। यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ। किनकि यसको ११ औं संस्करणमा १७ वर्षीय स्पिनर सन्दीप लामिछाने हुनेछन्।

यसअघिका आईपीएल संस्करणमा अन्य देशका खेलाडीको प्रदर्शन हेरेर चित्त बुझाएका नेपाली दर्शकलाई दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित सन्दीपको उपस्थिति ऐतिहासिक बन्न गएको हो। आईपीएलका लागि बेङ्गलोरमा आइतबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सन (खेलाडी खरिदका लागि हुने बोल कबोल) मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको हो। यससँगै उनी आईपीएलका लागि अक्सनमा पर्दै अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर बनेका छन्। ‘अनुबन्धित भएकामा एकदमै खुसी छु,’ उनले शुभचिन्तकप्रति ट्वीटमार्फत कृतज्ञता दर्शाए, ‘यात्रा अब सुरु भयो।’

यसअघि नेपाली राष्ट्रिय टोलीका अर्का स्पिनर शक्ति गौचनले सन् २०१२ मा आईपीएल टोली राजस्थान रोयल्समा अभ्यासको अवसर पाएका थिए। यद्यपि, उनले त्यसबेला राजस्थान रोयल्ससँग अनुबन्ध हुने र प्रतियोगिता खेल्ने अवसर पाएका थिएनन्। नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको विशेष पहलमा राजस्थान पुगेका शक्ति केही समयको अभ्यासपछि स्वदेश फर्केका थिए।

विश्वका धुरन्धर क्रिकेटरले खेल्न मरिहत्ते गर्ने आईपीएलमा सन्दीपको अनुबन्धलाई नेपाली क्रिकेटको नयाँ कोशेढुंगाको रूपमा हेरिएको छ। अस्टे«लियन पूर्वकप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीमा सन्दीपले भारतीय क्रिकेटर गौतम गम्भीर, अस्टे«लियन क्रिकेटर ग्लेन म्याक्सवेल, न्युजिल्यान्डका कोलिन मुन्रो र ट्रेन्ट बोल्टलगायत भारतीय र अन्य देशका उत्कृष्ट क्रिकेटरसँगै अभ्यास गर्न पाउनेछन्।

आईपीएल टोलीसँग अनुबन्ध हुने अवसर जितेका सन्दीपसँग अब दिल्ली डेयरडेभिल्सबाट अन्तिम ११ मा पर्दै उत्कृष्ट प्रदर्शन गरेर आगामी संस्करणमा आफू र अन्य नेपाली खेलाडीको सम्भावना जीवित राख्नुपर्ने चुनौती पनि छ। यो संस्करणमा सन्दीपको प्रदर्शनले लोभ्याउन सके आगामी संस्करणमा उनीसँगै अन्य नेपाली खेलाडीले पनि आईपीएलमा अवसर पाउने सम्भावना हुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् सन्दीपलाई बधाई दिँदै आफूमात्रै नभई सिंगै देशले उनीप्रति गर्व गरिरहेको बताए। उनले नेपाली खेलाडीप्रति विश्वास दर्शाएकामा डेयरडेभिल्सलाई पनि धन्यवाद दिए। सन्दीपलाई बधाई थप्नेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरु छन्। अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपको छनोटमा नेपालीहरुलाई नै बधाई दिँदै खुसी साटेका छन्।

सन्दीपको उदय

चितवनमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको एकेडेमीमा क्रिकेट सिकेका सन्दीपलाई तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा समावेश गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर दिए। उनले पाएको थोरै अवसरमै आफूलाई प्रमाणित गर्दै लगे पनि।

सन् २०१६ मा भएको यू-१९ विश्वकपमा सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक विकेट लिए। उनले मात्र २७ रन खर्चंदा ह्याट्रिकसहित पाँच विकेट लिँदै टोलीको जित पक्का बनाएका थिए। उनी प्रतियोगितामा १४ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा पुगेका थिए। सिनियर राष्ट्रिय टोलीबाट सन् २०१५ देखि २०१७ सम्म भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नौ खेलबाट १२ विकेट लिए।

त्यही अवधिमा उनले पहिलो विदेशी घरेलु प्रतियोगिता खेल्ने अवसर पाए, हङकङ टीट्वेन्टी ब्लिज। कउलुन क्यान्टोन्सबाट खेलेका उनले त्यसबेला अस्टे«लियन पूर्वकप्तान माइकल क्लार्क, पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलगायत खेलाडीसँग अभ्यास गर्ने र खेल्ने अवसर पाए। सोही प्रतियोगिताबाट हो सन्दीपको क्लार्कसँगको सम्बन्ध सुरु भएको। त्यही सम्बन्धले सन्दीपलाई अहिलेसम्म पनि अघि बढ्न मद्दत गरिरहेको छ।

यो प्रतियोगितापछि क्लार्कले सन्दीपलाई आफ्नो टोलीबाट अस्टे«लियामा सिड्नी ग्रेड प्रतियोगिता खेल्ने निम्तो दिए। सन्दीप आईपीएलको अक्सन लिस्टमा परेपछि क्लार्कले ट्विट गरेका थिए, ‘यदि म कुनै टोलीको कप्तान भएको भए सन्दीपलाई अनुबन्ध गर्ने थिएँ।’ त्यसकै प्रभाव पनि हुन सक्छ, क्लार्कको कप्तानीमा खेलिसकेका रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीबाट सन्दीपलाई अनुबन्ध गरेको छ।

सन्दीपको पहिलो गुरु राजु खड्का सन्दीपको सफलता उनको क्षमता र त्यसअनुसारको मिहिनेतले सम्भव भएको बताउँछन्। ‘सन्दीप सधैं मिहिनेत गर्न रुचाउने खेलाडी हुन्। उनीसँग राम्रो स्पिन थियो। तर, त्यसअनुसार स्पिड कम थियो’, राजु भन्छन्, ‘हामीले त्यहीअनुसार उनलाई सिकायौं। उनले पनि मिहिनेत गर्दै गए। उनले अवसर पनि पाइरहे। ती अवसरमा उनले गरेको मिहिनेतले नै हो आज आईपीएलसम्म पु‍र्‍याएको पनि।’

source : annapurnapost

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL