विश्व Saturday, 25 Nov, 2017
Prestige Media

जिम्बावेमा नयाँ राष्ट्रपति

मंसिर ९, २०७४-

रबर्ट मुगाबेले राजीनामा दिएपछि रिक्त जिम्बावेको राष्ट्रपति पदमा एमर्सन मनाङग्याग्वाले शपथ लिएका छन् । उनले राजधानी हरारेको रंगशालामा ६० हजार जनतामाझ शुक्रबार शपथ लिएका हुन् ।
मनाङग्याग्वालाई प्रधानन्यायाधीश लुक मलाबाले शपथ गराएका हुन् । शपथ ग्रहणलगत्तै गरेको सम्बोधनमा मनाङग्याग्वाले ‘जिम्बावेप्रति इमानदार’ हुने बताए । उनले भने, ‘देशको पुनर्निर्माण गर्ने कार्य मेरो हातमा आएको छ ।’
उनले आफूले राष्ट्रपतिका रूपमा कुनै पनि वर्ण, जातजाति, धर्म तथा राजनीतिक आबद्धताका आधारमा पक्ष नलिई शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाए । मनाङग्याग्वाले भने, ‘म जिम्बावेका जनताको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि कटिबद्ध छु ।’
उनले पूर्वराष्ट्रपति मुगाबेको प्रशंसा गर्न लामो समय खर्चिए । मनाङग्याग्वाले मुगाबेलाई उनले ‘पिता, परामर्शदाता र राजनीतिक गुरु’ भएको बताए । उनले भने, ‘मुगाबेले राष्ट्रिय स्वतन्त्रताको नेतृत्व गरे । उनले अप्ठयारो परिस्थितिमा जिम्मेवारी निर्वाह गरेका छन् ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई रबर्ट मुगाबेको ३७ वर्षीय शासनको ‘नाटकीय अन्त्य’ भएको जनाएका छन् । शपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपति मुगाबे भने उपस्थित थिएनन् । अधिकारीले उनलाई ९३ वर्षको उमेरमा आरामको आवश्यकता पर्ने भन्दै कार्यक्रममा उपस्थित नगराइएको जनाए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मनाङग्याग्वाले मुगाबेलाई कडा सुरक्षा प्रदान गर्न आग्रह गरेको जनाएका छन् । मुगाबेले मनाङग्याग्वालाई कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि पटकपटक राष्ट्रपति पदका आकांक्षी बनेका प्रतिपक्ष दलका नेताहरू मोर्गन चाङिगराई र जोइस मुजुरु भने उपस्थित थिए । हरारेको राष्ट्रिय खेलकुद रंगशालमा आयोजित शपथ ग्रहण समारोहमा अफ्रिकी देशका विभिन्न नेता तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
मनाङग्याग्वाले शपथ लिएसँगै उपस्थित सर्वसाधारणले खुसीयाली मनाएका थिए । कार्यक्रममा समारोहमा विभिन्न सांगीतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिएका थिए । ७५ वर्षीय मनाङग्याग्वा यसअघि जिम्बावेको उपराष्ट्रपति थिए । उनी गतबुधबार निर्वासनबाट जिम्बावे फर्केका हुन् । मुगाबेले आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउने कदम स्वरूप मनाङग्याग्वालाई गतमहिना बर्खास्त गरेपछि भागेर दक्षिण अफ्रिका पुगेका थिए ।
त्यसको प्रतिक्रियामा गतसाता सेनाले शासन सत्ता हातमा लिएपछि मुगाबे अप्ठयारोमा परेका हुन् । उनीविरुद्ध गतबुधबार संसद्मा महाअभियोग प्रस्ताव पेस भएपछि मुगाबे राजीनामा दिन बाध्य भएका थिए । विपक्षीले मनाङग्याग्वालाई देशमा व्याप्त ‘भ्रष्टाचार संस्कृति’ अन्त्य गर्न आग्रह गरेका छन् । यसअघि खासै शासन सत्तामा नरहे पनि उनलाई १९८० मा जिम्बावे स्वतन्त्र भएपछिका कतिपय घटनाका लागि जिम्मेवार ठानिने गरिन्छ । उनी स्वतन्तत्रायताका ३७ वर्ष सरकार, पार्टी तथा संसदको नेतृत्वमा रहेका थिए ।
जानु–पीएफ पार्टीको नेतृत्व तहमा रहेका मनाङग्याग्वा १९८० को दशकमा भएको गृहयुद्धमा प्रमुख जासुस थिए । उक्त गृहयुद्धका कारण जिम्बावेमा करिब २० हजार मानिसको मृत्यु भएको थियो । तर मनाङग्याग्वाले भने उक्त नरसंहार सेनाले गरेको र आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका छन् ।

SOURCE ; KANTIPUR

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL