विश्व Monday, 13 Nov, 2017
Prestige Media

सुध्रिएन रिंगिट, मर्कामा मलेसिया पुगेका नेपाली कामदार

कार्तिक २७, २०७४-विगत एक वर्षयता मलेसियाली मुद्रा ‘रिंगिट’ को भाउ सुध्रन सकेको छैन । रिंगिटमा आएको गिरावटका कारण यहाँ कार्यरत नेपालीहरु मर्कामा परेका छन् ।

मलेसियामा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । तीमध्ये वैध रुपमा ३ लाख ८५ हजार ३ सय २० जना वैध रुपमा कार्यरत छन् । स्वदेशमा बढ्दो महंगी र यहाँ विगत १ वर्षयता मूद्राको भाउमा आएको गिरावटकै कारण उनीहरु दोहोरो मारमा परेका छन् ।

रिंगिटमा देखिएको गिरावट १ वर्ष वितिसक्दा पनि खासै सुधार हुन सकेको छैन । यसअघि अमेरिकी राष्ट्रपति चुनावसँगै डलर मजबुत हुँदै आएपछि रिंगिटको भाउ कमजोर हुन पुगेको थियो । त्यसताका विश्वबजारमा तेलको मूल्यमा समेत गिरावट आएको थियो ।

गतवर्ष मलेसियाबाट नेपाल रकम पठाउँदा बैंक एवं रेमिटान्स कम्पनीहरुले प्रतिरिंगिट २३.५० रुपैयाँमा कारोबार हुने गरेकोमा हाल २४. ६० रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको छ । आइतबार नेपाल राष्ट्रबैंकले प्रति रिंगिट बिक्रीदर २४.९५ रुपैयाँ तोकेको थियो ।

‘अढाई वर्षअघि एक रिंगिटको २८ रुपैयाँ हाराहारीको दरले मैले रकम नेपाल पठाएको थिएँ,’ रेमिटान्स कम्पनी परिसरमा भेटिएका बेगनास कास्कीका बुद्धिबाबु त्रिपाठीले सुनाए, ‘सुध्रेला भन्दा भन्दै एकवर्ष भइसक्यो, अहिलेसम्म उस्तै ।’

मलेसियाली मूद्रामा पछिल्लो समय केही सुधार आउनसक्ने आंकलन गरिएपनि रिंगिटको भाउ अझै स्थिर छ ।

‘उता नेपालमा महंगी छ, यता पैसाको भाउमा गिरावट । दोहोरो मारमा परियो,’ नेपाल रकम पठाउन आइतबार क्वालालम्पुरस्थित एक रेमिटान्स कम्पनी पुगेका बाङ्सारस्थित एक क्याफेमा कार्यरत लमजुङका मिलन घिमिरेले भने, ‘भाउ बढ्छ भन्ने आशा गर्दैमा वर्षदिन भइसक्यो, अब के बढ्ला र खै ।’

३ हजार रिंगिट नेपाल पठाएका उनले दुई वर्ष अघिको तुलनामा करिब ११ हजार रुपैयाँ घाटा लागेको बताए । मिलनमात्र होइनन्, मासिक तलब र आम्दानीको कुरा गर्दा अधिकांश कामदार पैसाको भाउप्रति असन्तुष्टि व्यक्त गर्छन् ।

नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार गत बर्ष दक्षिण पूर्वी एसियाली मुलुकहरुबाट मात्रै मलेसियाबाट वार्षिक झण्डै डेढ खर्ब रुपैयाँ रेमिटान्स भित्रीन्छ । उक्त रकमको ठूलो हिस्सा मलेसियाबाट भित्रीने गरेको छ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहँदै आएको मलेसियामा पछिल्लो समय रिंगिट सस्तिँदा यहाँबाट नेपाल भित्रिने रेमीटान्समा समेत गिरावट आउने देखिन्छ ।

मलेसियामा नेपाली कामदारले न्युनतम मासिक १ हजार रिंगिट कमाई गर्छन् । होस्टलका अतिरिक्त शुल्क, खाना लगायतका खर्चपछि एकजना साधारण कामदारले मासिक ५ सय देखि ८ सय रिंगिटसम्म बचत गर्छन् । कतिपयले ओभरटाईम पाएको खण्डमा अलिक बढी रकम बचत गर्न सक्छन् ।

यहाँ सेवाक्षेत्रमा  खासगरि सुरक्षागार्ड, उत्पादन र निर्माण क्षेत्रका अन्य कतिपय कम्पनीमा बढीजसो ओभरटाईम मिल्ने हुँदा र तुलनात्मक रुपमा बढी कमाइ हुने हुँदा यी क्षेत्र आकर्षक मानिन्छन् । यी क्षेत्रमा कार्यरत नेपालीले मासिक एकहजारदेखि ३ हजार रिंगिटसम्म कमाई गर्छन् ।

दु:खजेलो गरेर कमाएको कमाई दुई वर्ष अघिको तुलनामा घटेपनि नेपाल पठाउन भने उनीहरुलाई समस्या छैन । मलेसियाका प्राय टोलबजारदेखि ठूला शहरहरुसम्म रेमिटान्स कम्पनीहरुको सेवा उपलब्ध छन् । रेमिटान्स कम्पनीले कामदार बढी कार्यरत क्षेत्रलाई केन्द्रीत गर्दै आफ्ना सेवा विस्तार गरेकाले कामदारहरुलाई पनि थप सुविधा भएको छ । पहिले राजधानी क्वालालम्पुरमा मात्र कार्यालय खडा गरेर सेवा दिइरहेका रेमिटान्स कम्पनीहरु राजधानीबाहिरका अन्य क्षेत्रबाट समेत सेवा दिंदै आएका छन् ।

त्यस्ता क्षेत्रमा रेमिटान्स कम्पनीमात्र होइन गैरकानुनी बैंकिङ संजाल (हुण्डी) समेत होस्टल होस्टलमा पुगेको कामदारहरु बताउँछन् । रेमिटान्स कम्पनीले भन्दा बढी भाउ दिने हुँदा उनीहरु  हुण्डीतर्फ आकर्षित हुँदै आएका छन् ।

कान्तिपुरबाट सभार ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL