Exclusive News Tuesday, 31 Oct, 2017
Prestige Media

वैदेशिक लगानी दोब्बर

कार्तिक १४, २०७४-चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो झन्डै साढे २ गुणा बढी हो । ०७३ भदौसम्म २ अर्ब १९ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएकोलगायत कारण एफडीआई बढेको विज्ञहरूको भनाइ  छ  ।

नयाँ संविधान बनेपछि सम्पत्तिमाथिको अधिकार सुरक्षित भएको र लगानीसम्बन्धी थप नीतिहरू उदार बन्ने आशामा लगानीकर्ताको आत्मबल बढेको उनीहरू बताउँछन् । मुलुकमा लगानी वातावरण सुध्रिँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी बढेको र आउँदा दिनमा यो क्रम झनै तीव्र बन्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । ‘अत्यावश्यक पूर्वाधारहरूको विकास भएको छ, राजनीतिक अवस्था स्थिरताको चरणमा छ,’ उनले भने, ‘अब विदेशी लगानीको होड चल्छ ।’

पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढदै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित देखिएको श्रेष्ठले बताए । ‘सबैतिरबाट लगानी वातावरण बनेको समयमा सरकारले गत वर्षको लगानी सम्मेलनमार्फत देश–विदेशमा प्रचारप्रसारको काम गरेको छ,’ उनले भने, ‘अहिले त्यही सम्मेलनमा भएका प्रतिबद्धताअनुसार लगानी भित्रिरहेको हो ।’ हाल धमाधम चुनाव हुन गइरहेकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउने सम्भावना छ । चुनावका कारण कामदारको अभाव हुने भएकाले निर्माणका काम केही प्रभावित हुन सक्ने श्रेष्ठको भनाइ छ । ‘चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा भने प्रत्यक्ष वैदेशिक लगानी उल्लेख्य रूपमा बढ्ने निश्चित छ ।’ खासगरी संविधान बनेपछि नै विदेशी लगानी बढ्न थालेको बताउँदै उनले भने, ‘पर्यटन क्षेत्र, ऊर्जा र सिमेन्ट उद्योगमा धेरै विदेशी लगानी भित्रिएको छ ।’ आर्थिक वर्ष ०७२/७३ मा ५ अर्ब ९२ करोड रुपैयाँ एफडीआई भित्रिएकामा गत आर्थिक वर्षमा बढेर १३ अर्ब ५० करोड पुगेको थियो ।

यो वर्षभरिको विदेशी लगानी प्रतिबद्धताको करिब ९० प्रतिशत हो । उद्योग विभागको तथ्यांकअनुसार गत वर्षमा १५ अर्ब १ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो । जुनसुकै विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता गरेर अनुमति लिनुपर्छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानी उच्च दरले बढेको छ । अघिल्लो भदौको तुलनामा गत भदौसम्ममा यस्तो लगानी करिब १ सय ३३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि प्रतिबद्धता जनाइएकाबाट मात्रै रकम भित्रिएको भन्न सकिने अवस्था हुँदैन । कुनै चलिरहेको कम्पनीमा रकम आए पनि एफडीआई शीर्षकमै देखिन्छ । तर, यसको प्रतिबद्धता अघिल्ला वर्षहरूमा नै भएको पनि हुन सक्छ । यसकारण अघिका प्रतिबद्धताहरूको रकम पनि चरणबद्ध रूपमा आउने गर्छ ।

गत वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । तर, वास्तविक रूपमा भित्रिएको रकमको आधारमा मात्र पनि गत आर्थिक वर्ष लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको पुष्टि हुन्छ । मुलुकको बृहत् आर्थिक परिसूचकमा उच्च दरको सुधार र अर्थतन्त्रको संरचनात्मक परिवर्तन ल्याउने प्रमुख कारकका रूपमा एफडीआई उपयुक्त विकल्पका रूपमा देखिएको छ । यसकारण मुलुकमा आशातीत आर्थिक वृद्धि प्राप्त गर्न लगानीसम्बन्धी नीतिमा सरलीकरण गर्नुपर्ने विज्ञहरूको सुझाव छ । यसो हुन सके निकट भविष्यमा विदेशबाट ठूलो लगानी भित्रिने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

नेपालमा खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउन एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्ने जानकारहरू बताउँछन् ।

कान्तिपुर बाट सभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL