प्रमुख समाचार Sunday, 5 Feb, 2017
Prestige Media

ऊर्जामन्त्रीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

सुरुङ्गा (झापा), २३ माघ । नागरिक समन्वय समितिसहितका एक दर्जन संस्थाले आज ऊर्जा मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ समक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिई नियमित पठनपाठन यथाशीघ्र सञ्चालनको वातारण बनाइदिन ज्ञापनपत्र बुझाएका छन् ।

आज बिहान निरीक्षणको क्रममा धाइजनस्थित बीएण्डसी मेडिकल कलेज र विर्तामोडस्थित बिएण्डसी हस्पिटल पुग्नुभएका मन्त्री शर्मालाई समितिको तर्फबाट विर्तामोडमा प्रेम नेम्वाङले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले वास्तविकता अध्ययन गरी सकारात्मक कदम अगाडि बढाउने बताउनुभयो । धाइजनबासीको तर्फबाट मन्त्री शर्मामार्फत प्रधानमन्त्री एवम् कुलपति तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको ध्यानकर्षणको लागि ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

धाइजन क्षेत्रको विकासको प्रतिकको रुपमा रहेको बीएण्डसी मेडिकल कलेजको स्वीकृति प्रक्रियालाई बीचमै रोक्ने कार्य भएकोमा धाइजनबासीलाई घात पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

मेचीअञ्चलका २६ लाख नागरिकलाई सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजले सम्पूर्ण पूर्वाधार पूरा गरिसकेकोले सम्बन्धनपश्चात मेडिकल कलेजको नियम र मान्यताअनुसार सुलभ मूल्यमा अध्यापन तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।

स्थानीय नागरिक समन्वय समिति, अभिभावक समन्वयन समिति, युवा समन्वय समिति, जनुतारा कृषि सहकारी संस्था, शिवदुर्गा बचत तथा ऋण सहकारी संस्था, शिवलक्ष्मी दिव्यधाम सत्सग समाज, बाठौं कृषि सहकारी संस्था, मेचे शिवियारी आफात, दुईरिङ्गे सहकारी संस्था, नेपाल राष्ट्रिय दलित गरिमा समूह, नागरिक वडा मञ्च धाइजन, वडा नं ४, ६, ७ र ८ का तर्फबाट मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL