Breaking News Tuesday, 24 Jan, 2017
Prestige Media

दशरथचन्द स्मृति क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी

बैतडी, ११ माघ । बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् ।

सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा एनआरवाइसी बठ्ठालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको बठ्ठाले सुनिल चन्दको ३५ रनको मद्दतले २४ दशमलव ४ ओभरमा १४७ रन बनायो । त्रिलोचनका युवराज जोशीले तीन विकेट हात पारेका थिए ।

एससय ४८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचनले २१ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अनिल पुजाराले ४४ तथा युवराज जोशीले ३९ रनको योगदान गरेका थिए । बठ्ठाका लागि तिलक चन्दले छ विकेट हात पारे पनि हार टार्न सकेन । व्यक्तिगत ३९ रन तथा तीन विकेट हात पार्ने त्रिलोचनका युवराज जोशी म्यान अफ द म्याच घोषित भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

उता बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लबलाई १३ रनले स्तब्ध पार्दै प्रतियोगिताबाटै बाहिरिसकेको आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लबले सान्त्वना जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको एकेडेमीले उत्तम चन्दको सर्वाधिक ३२ तथा अभिषेक चन्दको २० रनको मद्दतले १७ दशमलव पाँच ओभरमा १२९ रन बनाएको थियोे ।

जगन्नाथका मनोज ऐरीले चार विकेट हात पारेका थिए । १३० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ २२ दशमलव पाँच ओभरमा ११६ रनमा अलआउट हुन पुग्यो ।

भुवन महरले २५ रन बनाए पनि हार टार्न सकेन । जगन्नाथको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच घोषित भएका एकेडेमीका अभिषेक चन्दले छ विकेट हात पारेको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा हुने खेलमा योङ स्टार क्रिकेट क्लब मेलौलीले एनआरवाइसी बठ्ठाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा कालाशैनी क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतिष्ठानको २२ औँ वार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एक दिवसीय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भइरहेको छ ।

बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र दिइने प्रतिष्ठानका सचिव नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै, म्यान अफ द सिरिज एक जनालाई नगद रु पाँच हजार प्रदान गरिने जनाएको छ ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले विसं २०५३ सालदेखि नियमितरुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीबाट उमेर समूहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL