Breaking News Monday, 3 Aug, 2026
Prestige Media

यी तीन प्रेदेशमा धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा पानी परिरहेको छ।

महाशाखाका अनुसार पछिल्लो एक घन्टामै चितवनको कालीखोलामा ३३.२ मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मनुसमरामा २२.८ मिलिमिटर, नवलपुरको कोटागाउँमा १४.८ मिलिमिटर, चितवको देवघाटमा १२ मिलिमिटर, काभ्रेको रोशीमा १३ मिलिमिटर, धनुषाको हार्दिनाथमा ९.२ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा बर्दियाको तारातालमा १३३.४ मिलिमिटर, कतारनिया ढकैलामा ९०.६ मिलिमिटर, चितवनको कालीखोलामा ७८.६ मिलमिटर, भक्तपुरको टःथलीमा ६७.२ मिलिमिटर, कास्कीको लामापाटनमा ६८.४ मिलिमिटर वर्षा मापन भएको छ।

अन्य थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएका छन्।

सोमबार दिउँसो हिमाली केही स्थान र पहाडी भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

महाशाखाले बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको  तराई भू-भागका  केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ।

दिउँसो नै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र  पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना पनि छ।

सोमबार राति कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै  कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL