Breaking News Saturday, 27 Jun, 2026
Prestige Media

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ।

रवि लामिछानेलाई सभापति र स्वर्णिम वाग्लेलाई उपसभापतिमा निर्विरोध छानेको रास्वपा महाधिवेशनले केन्द्रीय पदाधिकारी र सदस्यहरू मतदानमार्फत छानेको छ।

दुई दिनमा सक्ने गरी भएको निर्वाचन कार्यक्रम भद्रगोल बन्दा ६ दिनसम्म लम्बिएको महाधिवेशनको अन्त्यमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए।

पार्टी सभापतिको रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि सम्बोधन गरेका उनले अब आफू र पार्टीलाई अपरिपक्व बन्ने छुट नभएको मात्रै बताएनन्, उद्घाटन सत्रमा बोलाइएका अतिथिहरूसँग क्षमा पनि मागेका छन्।

पार्टी संस्थागत रूपमा बलियो भएर अघि बढ्ने विश्वास पनि उनले दिलाउन खोजेका छन्।

शपथ ग्रहणपछि आयोजित महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र जनताको ठूलो आशा एवं भरोसाका कारण आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गरे।

विगतमा आफूमाथि लाग्ने गरेको ‘अपरिपक्वता’ को आरोप स्मरण गर्दै उनले अब बदलिएको परिस्थितिले आफूलाई गैरजिम्मेवार बन्ने कुनै छुट नदिएको उल्लेख गरे।

विगतमा आफूमाथि लाग्ने गरेका आरोपहरूलाई स्वीकार गर्दै लामिछानेले अब आफू र आफ्ना नेताहरू गम्भीर बन्नुपर्ने बेला आएको बताए।

‘देशले आशा भरोसा गरेकाले मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसअघि मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन,’ उनले भने, ‘बढी जिम्मेवार, बढी परिपक्व बन्न परिस्थितिले भनेको छ।’

सांसद र नेताहरूलाई जथाभावी नबोल्न निर्देशन दिँदै उनले थपे, ‘अब हामीलाई अध्ययन नगरी बोल्ने छुट छैन। धेरै परिपक्व भइसकेका छौं। जिम्मेवारी धेरै छन्। सानो अभिव्यक्तिले ठूलो विवाद आउन सक्छ, सबैले विशेष ख्याल गर्नुहोला।’

पार्टीभित्र गुटबन्दी गर्ने छुट नभएको भन्दै उनले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा ग्रहण गर्न भनेका छन्।

‘पार्टीभित्रको मनमुटावलाई अन्त्य गर्ने र कसैले गुट या फुटको बीउ रोपेर रहेछ भने जरैदेखि उखाल्न कटिबद्ध भएर लाग्नेछु,’ उनले भने।

पहिलो पटक महाधिवेशन गर्दा आमन्त्रित राजनीतिक दलका अतिथिहरू असन्तुष्ट बनेको विषयमा उनले क्षमा मागेका छन्।

रास्वपा सांसद खगेन्द्र सुनारले अन्य दलका नेताहरूविरूद्ध अराजनीतिक टिप्पणी गरेका थिए। एमाले नेता प्रदीप ज्ञवालीले वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।

लामिछानेले भने, ‘हामीले आमन्त्रण गरेका विभिन्न दलका आदरणीय पाहुनाले चित्त दुखाएको विषय पनि आएको छ। हामीले कुनै नियतवश यसो नगरेको प्रस्ट पार्न चाहन्छु र त्यसपछि क्षमा चाहन्छु। आगामी दिनमा सबैको अस्तित्व स्वीकार गर्ने, सबैलाई सम्मान गरेर जाने विषयमा कुनै शंका गर्नुपर्दैन।’

रास्वपाले देशको वैदेशिक नीतिलाई ‘विकास कूटनीति’ तर्फ मोड्ने रणनीति बनाएको दाबी गर्दै सभापति लामिछानेले विश्व समुदायलाई सहकार्यको आह्वान पनि गरेका छन्।

उनको भनाइ थियो, ‘नेपाल एउटा स्वाभिमानी देश हो। हामी आफ्नो मुलुकको हित सबैभन्दा अगाडि राख्छौं, सबैसँग सहकार्य गरेर अगाडि बढ्छौं। हामी वैदेशिक सुसम्बन्धहरूलाई एउटा नयाँ उचाइमा लिएर गएर विकास कूटनीतिको एउटा महत्त्वपूर्ण अभ्यास र अध्यायमा प्रवेश गर्न चाहन्छौं।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL