Exclusive News Friday, 27 Mar, 2026
Prestige Media

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

१३ चैत, काठमाडौं । बालेन्द्र साहको नेतृत्वको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीको जिम्मेवारी पाएका डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलाे निर्णय गरेका छन् । साथै,  १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् । ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने ।

उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । यसमा सबै पुराना कानुन संशोधन गर्ने (१५ ऐन खारेज गर्ने) प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको हो ।

‘यसबाहेक अब हामी बजेटमा केन्द्रित हुन्छौं, निजी उद्यम सुरक्षाका लागि गर्न सकिने अध्ययन गर्न र ठूला आयोजनालाई तीव्र्रता दिन सहजीकरण गर्ने तयारी स्वरूप कार्यदल गठन गर्न लागेका हौं,’ अर्थमन्त्री वाग्लेले सञ्चारकर्मीहरूसँग भने ।

अहिले अर्थतन्त्रमा शिथिलता देखिए पनि केही सकारात्मक अवस्था रहेको उनको भनाइ छ । ‘राजस्व चुनौतीपूर्ण अवस्थामा छ, बैंक डिपोजिट बढेको छ, आन्तरिक शिथिलता चिर्नु छ, नेपालको अर्थतन्त्र वृद्धि, रूपान्तरणकारी बजेटको तयारीमा हामी जुट्छौं,’ वाग्लेले भने, ‘अब टुक्रा–टुक्रा काम गरेर भएन, प्रणालीगत समस्या धेरै छन्, धेरै जेलिएका छन् ।’

उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि जाने बताए ।

‘अब समाधानमा जानुपर्छ, जनताले त्यो काम गर्ने हैसियत हामीलाई दिएका छन्, यसमा हामी इमानदार प्रयास गर्ने छौं,’ उनले भने, ‘यो सिस्टम सुधारमा केही समय लाग्छ, धैर्यधारण गर्नुहोला, आज बस्ने क्याबिनेटबाट पनि केही न केही महत्त्वपूर्ण निर्णय हुँदैछ ।’प्रत्यक्ष सिटसमानुपातिक

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL