Exclusive News Thursday, 5 Mar, 2026
Prestige Media

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

२१ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । सुरक्षाकर्मीको समन्वयमा प्रधानमन्त्री मतदान गर्न जाने भएकाले समय निश्चित नभएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएकाले उनले आफैंलाई मत हाल्न भने पाउने छैनन् ।

नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्नेछन् । ओलीले दिउँसो साढे ११ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ । ओली गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा  छन् । त्यसैले उनले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् ।

ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । उनले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्ने छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान ७ बजे मतदान गर्न जाने उनको सचिवालयले जनाएको छ ।

यसैगरी रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गर्ने छन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले पनि आफूलाई मतदान गर्न पाउँदैनन् ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने कार्यक्रम छ । उनले पनि आफैंलाई मतदान पाउँदैनन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

नेकपा सहसंयोजक माधव कुमार नेपालले गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्दैछन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज बिहान ७ बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL