बलुचिस्तान बम विस्फोटमा ३२ जना पाकिस्तानी सेनाको निधन
इस्लामवाद । पाकिस्तानी सेनामाथि ठुलो आक्रमण भएको छ । बलुचिस्तानमा सेना सवारी साधनहरूमाथि भएको आक्रमणमा कम्तीमा ३२ जना सेनाका जवानको मृत्यु भएको छ । यो घटना कराँची–क्वेटा राजमार्गमा रहेको खुजदारको जोरो प्वाइन्ट नजिकै भएको हो ।
सडकको छेउमै पार्क गरेर राखिएको कारमा बम लुकाएर यो विस्फोट गराइएको बताइएको छ । विस्फोटको चपेटामा बससहित तीन वटा सवारी साधन प्रत्यक्ष आएका थिए । यी सवारी साधनमा पाकिस्तानी सेनाका सैनिक र उनीहरूका परिवारका सदस्यहरू यात्रा गरिरहेका थिए ।
जानकारी अनुसार, सेनाको यो समूह आठ सवारी साधन लिएर यात्रा गरिरहेको थियो । अचानक सडकको छेउमा पार्क गरिएको कारमा ठुलो विस्फोट भयो । विस्फोट यति शक्तिशाली थियो कि सेनाका तीन वटा सवारी साधन पूर्ण रूपमा जले । यसरी जलेको साधनमध्ये एउटाले सेनाका कर्मचारीका परिवारका सदस्यहरू बोकेको बस थियो ।
आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि आतङ्कवादी सङ्गठनले लिएको छैन । तर बलुचिस्तानमा सक्रिय पृथकतावादी समूहहरूमाथि शङ्का गरिएको छ । यस क्षेत्रमा पहिले पनि सेना र सुरक्षा बलका सवारी साधनहरूमा आक्रमण भइसकेका छन् । आक्रमणपछि सम्पूर्ण क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ र सुरक्षा बलले व्यापक खोजी अभियान सुरु गरेको छ ।







