खेलकुद Friday, 6 Jan, 2017
Prestige Media

रुस्लान कप क्रिकेट मङ्गलबारदेखि

काठमाडौँ, २२ पुस । काठमाडौँ क्रिकेट टे«निङ सेन्टरको आयोजनामा रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, खहरे क्रिकेट क्लब धादिङ, एपिएफ धनगढी, न्यु होराइजन क्रिकेट क्लब भैरहवा तथा अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज सहभागी हुने छन् ।

त्यसैगरी पिसी फाइटर ११, रोयल पिसी फाइटर, हिमालयन क्रिकेट एकेडेमी, न्यु राइजिङ स्टार, कुलेश्वर क्रिकेट क्लब, रुस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कलेज र नेपाल क्रिकेट स्कुलले पनि भाग लिनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् ।

त्यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ४ गतेसम्म चल्नेछ । रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL