Exclusive News Thursday, 1 Feb, 2024
Prestige Media

नेपालमै पहिलोपल्ट कलेजोको सफल प्रत्यारोपण

काठमाडौं– नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपल्ट नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो।
यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन्।
अस्पतालका कलेजो प्रत्यारोपण युनिट प्रमुख प्राडा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ मा नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो।
त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ।
‘हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छौं। नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुंगा हो’, उनले भने, ‘यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौं।’
उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो। अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औं सफल प्रयास हो।
अस्पतालमा गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो। ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गरेकी थिइन्।
चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए।
उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गर्नुभएका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन्। उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन्।
वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घन्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको बताए। अस्पतालमा कलेजो प्रत्यारोपणका लागि २५ देखि ३० लाख खर्च लाग्छ।
विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब एक करोड लाग्छ।
नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो।
यसैबीच नेपालमै पहिलोपल्ट कलेजोको सफल प्रत्यारोपण गरेकामा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक टिमलाई बधाइ दिएका छन्।
उनले भनेका छन्, ‘मलाई गर्व र खुसी छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ। उक्त प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्राडा. रमेशसिंह भण्डारीसहितका शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL