प्रमुख समाचार Friday, 6 Jan, 2017
Prestige Media

शिविरमा ७७ जनाले मृगौला परीक्षण गराए

म्याग्दी (बेनी), २२ पुस । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज आयोजना गरेको निःशुल्क मृगौला परीक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परीक्षण गराएका छन् ।

हरेक नेपालीको मृगौला परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने सो शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार÷सञ्चारकर्मी र ३७ जना सर्वसाधारण गरी ७७ जनाले मृगौला परीक्षण गराएको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले स्वास्थ्य मन्त्रालयको अभियान सकरात्मक भएको भन्दै त्यसको प्रचारप्रसारका लागि युनियनको कदमको प्रशंसा गर्नुभयो । यस्ता अभियानलाई गाउँ÷गाउँमा सञ्चालन गर्न अस्पताललाई उहाँले सुझाव समेत दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा कृत्तिका कँडेलले अब हरेक सर्वसाधारणको निःशुल्क मृगौला परीक्षणको व्यवस्था गरिएको बताउँदै विभिन्न गाविसमा सञ्चालन गर्ने शिविरमा पनि यो सुविधालाई समावेश गर्ने र त्यसको प्रचारप्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL