विश्व Tuesday, 3 Jan, 2017
Prestige Media

ब्राजिलको कारागारमा ६० जनाको मृत्यु

रियो डि जानेरो, १९ पुस । ब्राजिलको सबैभन्दा ठूलो उत्तरी शहर मनाअसमा रहेको एक कारागारमा कैदीहरुबीच झडप हुदाँ ६० जनाको मृत्यु भएको छ ।

एउटै कारागारमा भएका दुई ओटा छुट्टाछुट्टै झडपमध्ये एउटामा ५६ र अर्कोमा चार जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार बताएका छन् ।

अनिसियो जोबिम नामक जेलमा आइतबार सुरु भएको झडप झण्डै १७ घण्टा सम्म चलेको थियो । जेलमा झण्डै १८४ जना कैदीहरुलाई राखिएको थियो ।

झडपको क्रममा जेलबाट भागेका ८४ जनालाई पुनः नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । जेलमा मृतक कैदीहरुको शव यत्रतत्र छरिएका थिए ।

एमाजोनास राज्यमा रहेको सो कारागारमा झडप भएपनि उनीहरुलाई अन्यत्र सार्नका लागि कारागारको खोजी भईरहेको छ ।

अधिकारीहरुले कारागारलाई आफ्नो नियन्त्रणमा लिनका लागि जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोह लड्दै आएको जनाएका छन् ।

एमाजोनास राज्यका सुरक्षा प्रमुख सेर्जियो फोन्टेका अनुसार लामो समयको तयारीपछि यो झडप भएको जस्तो देखिएको बताउनुभयो ।

कारागारमा भएको यो झडप वर्षौ यता ब्राजिलको बन्दी गृहभित्र भएको सबैभन्दा खराब हिंसामध्ये एक भएको बताइएको छ ।

ब्राजिलका सबैभन्दा ठूला दुई लागू औषधका गिरोहले जेललाई आफ्नो नियन्त्रणमा राख्नका लागि त्यहाँ लडाइँ गर्दै आएका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL