विश्व Sunday, 1 Jan, 2017
Prestige Media

ट्रम्पद्वारा पुटिनलाई ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा

वासिङ्टन (अमेरिका), १६ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गर्नुभएको छ ।

अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको थियो ।

रसियाली विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय कूटनीतिक परम्पराअनुसार ३५ जना अमेरिकी कूटनीतिज्ञलाई कारबाहीका लागि सिफारिस गरी राष्ट्रपति पुटिनकहाँ पठाएको थियो । पुटिनले अमेरिकामा नेतृत्व परिवर्तन भई रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रसियालाई हेर्ने नीतिलाई हेरेर यस विषयलाई अघि बढाउने भनी शुक्रबार प्रतिक्रिया दिनुभएको थियो ।

रसियाली राष्ट्रपतिद्वारा ढिलाई गर्ने निर्णय “महान् कदम हो, मैले सधैँ उहाँलाई एक बुद्धिमान् विश्व नेताका रुपमा चिन्ने गरेको छु” – भनी ट्रम्पले ट्वीट गर्नुभएको छ ।

ट्रम्पको यो भनाइले रिपब्लिकन पार्टीका केही सदस्यसहित डेमोक्रेटिक पार्टीलाई क्रोधित तुल्याएको अमेरिकीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको रसियाली राष्ट्रपतिलाई बुद्धिमान् भनी गरेको ट्वीट सन्देशलाई वासिङ्टनस्थित रसियाली राजदूतावासले पुनः ट्वीट गरी प्रचार गरेको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL