विश्व Wednesday, 5 Apr, 2023
Prestige Media

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे अदालतमा आत्मसमर्पण

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्।न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन्। 

आत्मसर्पण गरेका ट्रम्पलाई हत्कडी भने लगाइएन। उनलाई केहीबेर हिरासतमा राखिएको थियो। त्यसपछि उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो। उनीविरूद्ध ३४ मुद्दा दर्ता भएका छन्। अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध यति धेरै मुद्दा लागेको पहिलो घटना हो। 

मंगलबार अदालत उपस्थित भएका ट्रम्पले भने आफूविरूद्ध लगाइएका सबै मुद्दाहरु अस्वीकार गरेका छन्।सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पोर्न स्टार स्ट्रोमी ड्यानियल्ससँग ट्रम्पको गोप्य सम्बन्ध रहेको विषय बाहिरिएको थियो। उक्त विषयमा चुप रहन १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा ट्रम्पविरूद्ध अनुसन्धान भएको थियो।उक्त घटनाको अनुसन्धानपछि म्यानहटन ग्रान्ड ज्यूरीले ट्रम्पविरूद्ध अन्य ३४ मुद्दा लगाएको हाे। 

७६ वर्षीय ट्रम्पविरूद्ध ह्वाइटहाउसबाट महत्वपूर्ण कागजपत्र गायब गरेको, अवैध रूपमा सम्पत्ति जोडेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट  हाउसमा आक्रमण गराएकोलगायत विभिन्न मुद्दा लगाइएको छ। 

ट्रम्पले भने यी सबै मुद्दाहरू नियोजित रहेको भन्दै अस्वीकार गरेका छन्। एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL