विश्व
Monday, 27 Mar, 2023
राहुलको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक
। राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ ।
सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ ।
सोमबारको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।
कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।








