विश्व Monday, 2 Jan, 2023
Prestige Media

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्।आइतबार कार्यभार सम्हालेका लुला तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन्।

उनले यसअघि सन् २००३ र सन् २०१० मा देशको नेतृत्व गरेका थिए।अक्टोबरको चुनावमा उनले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्।उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरे।

पराजित भएपछि गत शुक्रबार देश छाडेर अमेरिका प्रस्थान गरेका बोल्सोनारोले चुनावी परिणाममालाई अस्वीकार गरेका छन्।

बोल्सोनारोको ४ वर्षे कार्यकालमा अमाजोन रेनफरेस्टको वातावरणप्रति संवेदनहीनता, हातहतियार कानूनमा लचिलोपन, आदिवासी जनजाती र अल्पसंख्यकलाई कमजोर सुरक्षालगायत अन्य सार्वजनिक मामिलाका विषयमा लुलाले फरक नीति पछ्याउने अपेक्षा गरिएको छ।

लुलाले ब्राजिलका जनतामा आशाको भावना जगाउनका लागि राष्ट्रको पुनर्निर्माण गर्दै सबैका लागि ब्राजिल बनाउने वाचासमेत गरेका छन्।

बोल्सोनारोले पीडादायी ध्रुवीकृत गरेको ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL