प्रमुख समाचार
Monday, 22 Aug, 2022
थपिए ६५८ कोरोना संक्रमित
काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएका छन् ।हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार हाल ४, १३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।यस्तै, १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।







