Exclusive News
Sunday, 22 Nov, 2020
कोरोनामुक्त भए भट्टराई दम्पती
पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी एक महिनापछि कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
उनले ट्वीटरमार्फत भनेका छन्, ‘एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन । यो महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न, मानव जातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।’







