अमेरिका हुइँकिने हो ? खुल्यो डीभी
सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आवेदन दर्ता नोभेम्बर १० मा बन्द हुनेछ ।
डिभीका लागि आवेदन दिँदा कुनै पैसो खर्चिन नपर्ने दूतावासले जानकारी गराएको छ ।
त्यस्तै, आवेदन भर्दा कन्सल्टेन्टको सहयोग लिनु पर्दैन । आवेदनसम्बन्धी सहयोग चाहिए परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको लिन दूतावासले आग्रह गरेको छ ।
डिभीको आवेदन म्ख् यिततभचथ।कतबतभ।नयख मा गएर फारम भर्नुपर्नेछ । आवेदनमा आफ्ना पती–पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्नेछ ।
फारम भर्दा हालसालै खिचिएको फोटो हुनुपर्ने छ । अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष अयोग्य ठहरिने दूतावासले बताएको छ ।
यस्तै, फारम भर्दा मिति ननाघेका पासपोर्टको विवरण पनि उल्लेख गर्नुपर्नेछ ।
सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ । डिभीका लागि छनोटमा परे÷नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ ।
रिजल्ट थाहा पाउन २०२१ मे ८ मा म्ख् यिततभचथ।कतबतभ।नयख गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्ने दूतावासले जनाएको छ ।







