Exclusive News Sunday, 4 Oct, 2020
Prestige Media

कांग्रेस नेताहरूमा कोरोना देखिएपछि मुख्यालय बन्द

नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आइतबारदेखि पाँच दिनका लागि बन्द गरेको छ । असोज १५ मा केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज २२ सम्म कार्यालय बन्द गर्ने निर्णय भएको बताए ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना संक्रमण देखिएको हो ।
कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी २ सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो ।
करिब १ सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ ।
कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो । अब केन्द्रीय समिति बैठक पनि अन्योलमा परेको छ ।
आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक भने स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

न्यायाधीशलाई कोरोना संक्रमण
सर्वाेच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण भएपछि आइतबार सर्वाेच्च अदालतको काम प्रभावित भएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासका लागि मात्र पेशी तोकिएको छ । शर्माले ९ वटा रिट र २ वटा अदालतको अवहेलना मुद्दा हेर्दै छन् । सामान्य अवस्थामा सातभन्दा बढी इलजास सञ्चालन हुने सर्वोच्चमा न्यायाधीशलाई कोरोना संक्रमण भएसँगै इजलास संख्या एउटामा झरेको हो ।
सर्वाेच्चले कति न्यायाधीश र कर्मचारी संक्रमित भएको जानकारी भने दिएको छैन । उसले सूचना जारी गरेर केही न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएको जानकारी दिएको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL