Exclusive News
Tuesday, 8 Sep, 2020
कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी आफैँले कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । संक्रमण पुष्टि भए पनि महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ ।
‘आज गरिएको परीक्षणका क्रममा ममा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,’ कोइरालाले भने ।
चिकित्सकको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउनसमेत अनुरोध गरेका छन् ।







