मलेसियामा मृत्यु भएका रत्न लिम्बूको शव अलपत्र अवस्थामा
बिपेन उलङगे, क्वालालम्पुर – मलेसियाको सुगाईबुलोस्थित एक कम्पनिमा सेक्युरिटी गार्डको काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।
सुगाईबुलो स्थित एक हस्पिटलमा उपचारको क्रममा अस्ति बिहिवार उनको निधन भएको हो । मृतक करिब दस वर्षदेखि मलेसियामा काम गर्दै आएको र अबैधानिक अबस्थामा भयो कारण शबलाई नेपाल पठाउन सम्स्या रहेको त्यहाँ स्थित उनका सहकर्मी गजेन्द्र जिमिले जानकारी दिएका छन् ।
मृतक सुजुवा ८, मोरङ घर भएका रत्न दाइ को नामले चिनिने बर्ष ४३ का रत्न बहादुर लिम्बु हुन् । मृतकको शव हाल सुगाईबुलो हस्पिटलमा राखिएको छ । शव नेपाल पठाउने बारे अन्यौल रहेको बुझिएको छ ।
मृतकका साथी जिमिका अनुसार हस्पिटलले आर एम १५ हजार दिएपछि नेपाल सम्म शव पठाउने ब्यबस्था गरिदिने बताएको छ । तर आफुसहरु संग त्यत्रो पैसा नभएको भन्ने जानकारी गराएपछि हस्पिटलको खर्च ५ हजार , र नेपाल पठाउने ४५ सय गरि जम्मा आर एम दस हजार दिए शवलाई नेपाल पठाउने हस्पिटले जनाएको छ ।
मृतकले काम गर्ने कम्पनी मालिकलाई शव नेपाल पठाउने बारे कुरा गर्दा तलबसहित आर एम २७ सय मात्र दिने बताउदै आएको छ । उक्त कम्पनीमा उनी अबैधानिक रुपमा काम गर्दै आएका थिए । लिम्बू र जिमि दुई जनाले सेक्युरिटी कम्पनिबाट कन्ट्याक्ट्मा त्यहाँ काम गर्दैे आएको भएपनि कम्पनि नाम डिटेल भने खुल्न सकेको छैन ।
पहिले देखि घांटिमा पिलो आएपछि क्लिनिकमा उपचार गरेको र पछि सन्चो नहुँदा क्लिनिकले ठुलो हस्पिटलमा सिफारिर गरेको तर पैसाको अभाबमा उपचार गर्न नसकेको उनका साथिहरुले बताउँछन् ।
मृतकको अबैधानिक बसाईले गर्दा अहिले शव नेपाल पठाउने बारे प्रकृया र निश्चित खर्चको एकिन नहुदा अन्यौलमा रहेको अबस्था छ । घरपरिवारको आर्थिक अबस्था कम्जोर भएको हुँदा सहयोग लागि मृतकको आमा भिमा देबि लिम्बुले सहयोगको याचना गरेकी छन् । आजको प्रभाब राष्ट्रिय दैनिक बाट







