Breaking News Sunday, 2 Aug, 2026
Prestige Media

हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा ‘निम्स दाइ’ का नामले परिचित निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनामै आरोहण गरेर ख्याति कमाएका थिए ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनामै आरोहण गरेर पर्वतारोहण जगत्‌लाई चकित पारेका निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएको छ ।

कीर्तिमानी नेपाली पर्वतारोही उनको निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ । पुर्जा एलिट एक्स्पेडका संस्थापक पनि हुन् । 

शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले ‘गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं’ भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ ।

नेपालमा जन्मिएका पूर्वबेलायती विशेष फौजी सैनिकसमेत रहेका ४३ वर्षीय पुर्जासहितको टोली बिहीबारको हिमपहिरोमा परेका हुन् ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पुर्जासहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए । प्रतिनिधिसभा सदस्य तथा पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले हिमपहिरोपछि ट्र्याकिङ डेटाले पुर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताएका थिए । तर, एलिट एक्स्पेडले शनिबार अपराह्न पुर्जासहित अन्य दुई सदस्यको समेत निधन भएको जनाएको हो ।

नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा ‘निम्स दाइ’ का नामले परिचित पुर्जा सन् २०१९ मा आफ्नो ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ७ महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए । उनले त्यो लक्ष्य ६ महिना ६ दिनमै पूरा मात्र गरेनन्, त्यस्ता सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ–होले बनाएको सात वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि तोडेका थिए ।

पुर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताए । दृढ इच्छाशक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उनको जीवनको आधार थियो । ‘शारीरिक क्षमताका हिसाबले म भाग्यमानी छु । मैले संसारकै उत्कृष्ट सैन्य इकाइबाट प्रशिक्षण पनि पाएको छु,’ सन् २०१९ मा कान्तिपुरसँगको अन्तर्वार्तामा उनले आफ्नो सैनिक प्रशिक्षणबारे भनेका थिए, ‘त्यसमा सकारात्मक सोच जोडियो भने व्यक्तिले जे पनि गर्न सक्दो रहेछ ।’

२५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा पुर्जाको जन्म भएको थियो । उनको बाल्यकाल भने मुख्यतः चितवनमा बित्यो । सैन्य सेवासँग उनको परिवारको लामो सम्बन्ध थियो । उनका बुबा र तीन दाजुभाइ सबै बेलायतको गोर्खा रेजिमेन्टमा कार्यरत थिए । पुर्जाले पनि त्यही बाटो पछ्याउँदै ६ वर्ष बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरे । त्यसपछि बेलायती रोयल नेभीको ‘स्पेसल बोट सर्भिस (एसबीएस)’ मा छनोट हुने पहिलो नेपाली बने । ‘गोर्खा सैनिक बन्नु नै मेरो एक मात्र सपना थियो,’ उनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म जीवनमा त्यही मात्र गर्न चाहन्थेँ ।’

करिब १६ वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय इकाइमा अत्यधिक चिसो मौसममा युद्ध सञ्चालनसम्बन्धी विशेषज्ञ बने । सैनिक सेवा र पर्वतारोहणमा पुर्‍याएको योगदानका लागि सन् २०१८ मा उनलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई)’ बाट सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL