देश भित्र Friday, 8 Aug, 2025
Prestige Media

पुटिनलाई चाँडै भेट्ने सम्भावना छ: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताउनुभएको छ । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी वार्ता भनेर वर्णन गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।

सम्भावित शिखर सम्मेलनको चर्चा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको फोनवार्तामा गरिएको थियो । फोनवार्तामा किएभका एक वरिष्ठ स्रोतका अनुसार नाटो महासचिव मार्क रुट र बेलायत, जर्मनी र फिनल्यान्डका नेताहरूसमेत सामेल हुनुहुन्थ्यो ।

युक्रेनी र रुसी नेताहरूलाई कहिले भेट्ने भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा बुधबार पत्रकारहरूलाई ट्रम्पले भन्नुभयो, “चाँडै नै बैठक हुने राम्रो सम्भावना छ ।”

उहाँले पुटिनसँगको भेट कहाँ हुनसक्छ भन्नेबारे कुनै सङ्केत दिनुभएन । सन् २०२१ जुनमा पूर्वराष्ट्रपति जो बाइडेनले जेनेभामा आफ्ना समकक्षीसँग भेट गरेपछि यो पहिलो अमेरिका–रुस नेतृत्वको शिखर सम्मेलन हुनेछ ।

न्युयोर्क टाइम्स र सिएनएनले योजनासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले अर्को हप्ताको सुरुमा पुटिनसँग बस्ने योजना बनाउनुभएको र त्यसपछि रुसी नेता र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक चाहनुभएको बताएका छन् ।

“यस्तो देखिन्छ कि रुस अब युद्धविराममा सहमत हुन बढी इच्छुक छ, तिनीहरूमाथि दबाबले काम गरिरहेको छ । तर मुख्य कुरा यो हो कि उनीहरूले विवरणमा हामी वा संयुक्त राज्य अमेरिकालाई धोका नदिऊन्”, जेलेन्स्कीले बुधबार साँझ भन्नुभयो ।

ट्रम्पको जेलेन्स्कीसँगको फोनवार्ता अमेरिकी दूत स्टिभ विटकफले दिनभर मस्कोमा रुसी नेतृत्वसँग भेट गरेपछि आएको हो । ट्रम्पले युक्रेनमा रुसको युद्धलाई लिएर नयाँ प्रतिबन्धहरू लगाउने समयसीमा नजिकिँंदै गर्दा उक्त भेटवार्तालाई क्रेमलिनले ‘फलदायी’ भनेर वर्णन गर्‍यो ।

“उत्कृष्ट प्रगति भयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो र त्यसपछि उहाँले केही युरोपेली सहयोगीहरूलाई जानकारी दिएको उल्लेख गर्नुभयो ।

“यो युद्ध समाप्त हुनुपर्छ भन्ने कुरामा सबै सहमत छन् र हामी आगामी दिन र हप्ताहरूमा त्यस दिशामा काम गर्नेछौँ”, उहाँले भन्नुभयो ।

तर केही मिनेटपछि, एक वरिष्ठ अमेरिकी अधिकारीले ‘माध्यमिक प्रतिबन्धहरू’ अझै पनि दुई दिनमा लागू हुने अपेक्षा गरिएको बताए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विटकफ मस्कोबाट युद्धविराम प्रस्ताव लिएर फर्किरहेको बताउनुभयो । यसमा युक्रेन र वासिङ्टनका युरोपेली सहयोगीहरूसँग छलफल गर्नुपर्ने थियो ।

उहाँले ट्रम्प–पुटिन भेटको समयतालिकामा सावधानी अपनाउँदै भन्नुभयो, “धेरै काम बाँकी छ र यो सम्भवतः हप्ताहरू लाग्न सक्छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL