राजनीति / देश Monday, 4 Aug, 2025
Prestige Media

पूर्व इजरायली सुरक्षा प्रमुखद्वारा गाजा युद्ध अन्त्यको पहल गर्न ट्रम्पसँग आग्रह

गुप्तचर निकायका पूर्व प्रमुखसहित सयौं सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सरकारलाई दबाबसहित सहयोग गर्न आग्रह गरेका छन् ।

हमासले अब इजरायलका लागि रणनीतिक खतरा पैदा गर्दैन भन्ने व्यावसायिक निर्णय गरेको पूर्व अधिकारीहरूले सोमबार मिडियामा पेस गरेको खुला पत्रमा लेखेका छन् । “सुरुमा युद्ध न्यायपूर्ण रक्षात्मक युद्ध भए पनि हाल युद्ध न्याय विपरित भएको शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताउनुभएको छ ।  

प्यालिस्टिनी लडाकू समूहसँगको लडाइमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा जारी गरिएको भिडियोमा बताउनुभएको छ । शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५५० जनाले हस्ताक्षर गरेको पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ अक्टोबर ७, मा गरेको घातक आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाही सुरु गरेको थियो । पछिल्लो समयमा इजरायली बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूले मानवीय सहायता वितरण गर्न र युद्धविराममा सहमत हुन इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ ।

पत्रले इजरायली सेनाले बलपुर्वक हमासको सैन्य संरचना र शासनलाई ध्वस्त पार्ने उद्देश्यहरू प्राप्त गरेको जनाएको छ । सबैभन्दा महत्त्वपूर्ण र तेस्रो उद्देश्य सबै बन्धकहरूलाई घर ल्याउने सम्झौताबाट प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । पत्रमा पूर्व अधिकारीहरूले ट्रम्पलाई अधिकांश इजरायलीहरूसँग विश्वसनीयता रहेको र युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाब दिन सक्ने बताएका छन् । हस्ताक्षरकर्ताहरूले ट्रम्पले हमास शासनको विकल्पको रूपमा गाजाको जिम्मा लिन सुधार गरिएको प्यालेस्टिनी प्राधिकरणलाई समर्थन गर्न क्षेत्रीय गठबन्धनलाई बाध्य पार्नसक्ने तर्क गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

प्रतिनिधिसभा बैठक बस्दै, आज

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL