विचार/विश्लेषण
Monday, 21 Jul, 2025
पाकिस्तानमा बर्षाको प्रकोप : २१६ को मृत्यु

तस्बिर :इन्टरनेट
वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको छ भने ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।
पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तीमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।
निरन्तर वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहती भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपत्तिका कारण भएको हो ।
पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पन्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये चार बालबालिका र तीन महिला थिए। मनसुनी वर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ ।







