विश्व Thursday, 26 Jan, 2023
Prestige Media

डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय

अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन्। करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन लागेको हो।

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो ।

मेटाका अनुसार ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ।जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्ने फेसबुकले बताएको छ। राजनीतिज्ञहरु राम्रो, नराम्रो र कुरूप जे भए पनि मतदाताले उनीहरुको भनाई सुनेर मतपेटिकामा उचित छनोटहरू गर्न सक्ने मेटाका ग्लोबल अफेयर्सका उपाध्यक्ष निक क्लेगले लेखेका छन्। 

तत्कालिन निलम्बन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय भएको उनले स्पष्ट पारेका छन्।जब वास्तविक हानिको लागि स्पष्ट जोखिम हुन्छ, त्यतीबेला भने मेटाले हस्तक्षेप गर्ने उनले बताएका छन् ।ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूको प्रशंसा गरेकोमा जनवरी ७ मा मेटाले ट्रम्पको फेसबुक एकाउन्ट खारेज गरेको थियो। 

फेसबुक संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल साइट मात्र होइन, ट्रम्पको अभियानको लागि कोष संकलनमा राजस्वको एक महत्वपूर्ण स्रोत थियो, जसले २०१६ र २०२० मा कम्पनीको विज्ञापनहरूमा लाखौं डलर खर्च गरेका थिए।

फेसबुकले प्रतिबन्ध हटाउन गरेको निर्णयबारे ट्रम्पले फेरि यस्तो घटना नदोहोरियोस् भनेका छन्। ‘फेसबुक, जसले तपाईको मनपर्ने राष्ट्रपतिलाई प्ल्याटफर्मबाट हटाएपछि अर्बौं डलरको मूल्य गुमाएको छ। भर्खरै घोषणा गरेको छ कि उनीहरूले मेरो खाता पुनर्स्थापित गर्दैछन्’, उनले भने, ‘वर्तमान राष्ट्रपति वा बदलाको योग्य नभएको व्यक्तिसँग यस्तो घटना फेरि कहिल्यै नहोस्।’

रिपब्लिकनहरूले अर्को वर्ष राष्ट्रपतिको लागि पुन: चुनाव लड्ने तयारी गरेका ट्रम्पको फेसबुक खाता फिर्ता दिन दबाब दिइरहेका थिए।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL