विश्व
Sunday, 8 Jan, 2023
अमेरिकाले पायो सभामुख
१५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन (हाउस अफ रेफ्रिजेन्टेटिभ्स)को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिएका हुन् ।
यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो ।