विश्व Tuesday, 3 Jan, 2023
Prestige Media

ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी

आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले दाबी गरेका छन्।इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले युक्रेनमाथि हमला गर्न लागेको विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेको बिबीसीले जनाएको छ।

किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रूसी योजना रहेको उल्लेख गरेका छन्।युक्रेनमाथि रूसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो छ। 

मस्कोले पछिल्लो समय युक्रेनका विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ।जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिसकेको छ।

‘हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ,’ उनले भने, ‘अहिलेको समय भनेको हाम्रो आकाशको सुरक्षामा रहेका सबै जना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने भन्ने हो।’

हालै डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रूसी फौजको ज्यान जानेगरी गरेको एउटा आक्रमणपछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ।युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रूसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको बताएको छ।

यद्यपि घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बिबिसीले जनाएको छ।एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।

पश्चिमा देशहरूले रूसलाई सिध्याउन युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL