विश्व
Wednesday, 7 Dec, 2022
चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै
चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् ।
आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।