क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको आरोप
पीडित किशोरीको स्वास्थ्य परीक्षणपछि प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं– नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको प्रवक्ता राईले जानकारी दिए ।
सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी हुन् ।
काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
पीडितले ५ भदौ २०७९ मा जबर्जस्ती करणी गरेको अरोप उल्लेख गर्दै मंगलबारमा प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् ।
लामिछाने उनी गत ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका छन् ।
केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।







